सिन्धुलीमा प्रहरीलाई सुचना दिनुस् अब ‘क्युआर’ मार्फत

सिन्धुली । सिन्धुलीमा प्रहरीलाई क्युआर मार्फत सुचना दिन सकिने व्यवस्था गरिएको छ ।
सिन्धुलीमा अब प्रहरीलाई सूचना दिन क्युआर कोर्डको प्रयोग गर्न पाईने भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले क्युआर स्क्यानिङ मार्फत सूचना तथा गुनासो लिन सुरु गरेको छ । प्रहरीलाई प्रविधिसँग जोड्दै जुनसुकै सूचना तथा उजुरी दिन सकिने गरि क्युआर स्क्यानिङ सेवा सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले प्रहरीलाई सूचना तथा उजुरी क्युआर स्क्यान गरेर दिन सकिने बताए । उनका अनुसार इन्टरनेटको सुविधा भएका स्थानबाट प्रहरीको क्युआर कोर्ड स्क्यान गरि सूचना तथा उजुरी दिने व्यवस्था मिलाईएको छ ।
एसपी काफ्लेले जस्तो सुकै सूचनाहरु पठाउन सकिने र सूचना दिने व्यक्तिको पहिचान नखुलाईने समेत बताए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया