रामेछापमा वनमा आगो लगाउँदै हिडेका एक युवक पक्राउ

मन्थली । रामेछापमा वनमा आगो लगाउँदै हिडेका एक युवकलाई पक्राउ गरिएको छ ।
रामेछाप नगरपालिका–३ मा रहेको कालीदेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका सोही स्थानका १९ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो । उनले वनमा आगो लगाउँदै हिडेको अवस्थामा स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सो सूचनाको आधारमा प्रहरीले महतलाई पक्राउ गरेको हो । उनलाई डिभिजन वन कार्यालय रामेछापडाँडा रामेछापमा बुझाई वन ऐन अन्तर्गत अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो ।
यसैबीच, दोलखामा पनि वनमा डढेलो लगाउने एक पुरुष पक्राउ परेका छन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया