सिन्धुलीमा तीन वटा घर पूर्ण रुपमा जलेर नष्ट, १९ लाख बराबरको क्षति

सिन्धुली । सिन्धुलीमा तीन वटा घर पूर्ण रुपमा जलेर नष्ट हुँदा १९ लाख भन्दा बढीको क्षति भएको छ ।
गोलञ्जोर गाउँपालिका–६ गैरीगाँउ स्थित बनेली सामुदायिक वनमा लागेको डढेलो स्थानीय तीन जनाको घरमा सल्किँदा १९ लाख ५० हजार बराबरको क्षति भएको हो ।
स्थानीय तिलक लाल श्रेष्ठको खरले छाएको, ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जली पूणरुपमा क्षति हुँदा ८ लाख ५० हजार रुपैयाँको क्षति भएको छ भने बेद कोइरालाको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घर पूर्ण रुपमा क्षति हुँदा ७ लाख बराबरको क्षति भएको छ ।
यस्तै, इन्द्र लाल श्रेष्ठको घरमा क्षतिमा हुँदा ४ लाख रुपैयाँ बराबरको भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय, प्रहरी र दमकलका सहयोगमा आगो नियन्त्रणमा आएको र मानवीय तथा पशुचौपाय भने क्षति नभएको हो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया