शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएको नेकपा स्थापना हीरक महोत्सव (तस्वीरहरू)

सत्ता पक्ष र विपक्षका शीर्ष नेताहरू विरलै एउटै मञ्चमा भेटिन्छन् । उनीहरूलाई एकसाथ एकै मञ्चमा देख्न विशेष कार्यक्रम नै कुर्नुपर्ने हुन्छ । सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सबै शीर्ष नेताहरू, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिए ।

 

नेकपा एमालेले आयोजना गरेको कम्युनिस्ट पार्टी स्थापना हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी भए । तर, यो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने देखिएनन् ।

Past President
Past President

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर