प्रदीप र सुदर्शनबीच पुनः सहकार्य

चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच पुनः सहकार्य भएको छ ।
मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ ।
फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।
प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता फिल्ममा काम गर्दै छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया