एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ विजयी, अन्य पदमा क-कसले मारेबाजी ?

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित गर्दै विजयी भएका हुन् ।
श्रेष्ठले ४४१ मत प्राप्त गर्दा कुमारले ३०४ मत ल्याएका छन्। उनीहरू दुबै जना प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा कुमार प्यानलका कर्ण घिसिङ ५३ मतले विजयी भएका छन् । उनले तीन सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी खड्ग रजनमगर(धिरज)ले तीन सय ४१ मत पाए ।
सचिवमा भने कुमार प्यानलका नबराज थिङ विजयी भएका छन् । थिङ चार सय एक मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी श्रेष्ठ प्यानलका बर्तमान सचिव समेत रहेका नारायण बरालले तीन सय २८ मत मात्रै पाएका छन् ।
उपसचिव(खुला)मा पनिकुमार प्यानलका दीपेश बराल विजयी भएका छन् । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाए । यस्तै अर्का राजु बरालले एक सय ५१टिकाबहादुर देवकोटा ९१ र शंकर कार्कीले ४५ मत पाएका छन् ।
उपसचिव (महिला) मा भने श्रेष्ठ प्यानलकीपार्वती भट्टराई सर्वाधिक चार सय ८४ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी मिथुला फुयालले दुई सय २० मत पाएकी छन् ।
चैत २६ गते सुरू भएको एमाले आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ प्रतिनिधि रहेकोमासात सय ५४मत खसेको थियो ।शुक्रबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना आइतबार हुने निर्वाचन कमिटीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया